८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुई ठूला दलको सहकार्यले स्थिरता र विकासको यात्रा शुरु: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता, र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन्।



KP Sharma Oli
  • Sangeeta Gurung
  • ५ दिन अघि
  • पाठक संख्या ५२
  • काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता, र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन्।

    नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसमा उनले जातीय छुवाछुत र साम्प्रदायिकता समाजका ऐजेरु भएको भन्दै यसलाई उखेलेर फाल्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

    ओलीले संविधान र कानुन संशोधनमार्फत असमानता, अन्याय, र छुवाछुत अन्त्य गर्ने र समाजलाई स्थिरता र विकासको गन्तव्यमा लैजाने योजना रहेको बताए। कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि जातीय समानताको स्थापनाका लागि सामाजिक सुधार र संविधानको पालना अनिवार्य रहेकोमा जोड दिए।