८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

एसइईमा ‘एनजी’ आएको विषयको मात्रै परीक्षा दिन मिल्ने

यस वर्षदेखि एसइईमा अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने भएको छ।



NEB
  • अञ्जना ढकाल
  • ४ दिन अघि
  • पाठक संख्या ५५
  • भक्तपुर - यस वर्षदेखि एसइईमा अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयमा मात्रै परीक्षा दिन पाइने भएको छ।

    परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै यो नियम लागू गरेको हो।

    विद्यार्थीले तीन वर्षसम्म एनजी आएको विषयको परीक्षा दिन पाउनेछन्। कक्षा ८, १०, र १२ मा सैद्धान्तिकतर्फ ‘डी’ र प्रयोगात्मकतर्फ ‘सी’ ग्रेड अनिवार्य गरिएको छ।

    आगामी एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुनेछ।