१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मुकुल ढकालको आरोप: ‘रविलाई कमजोर बनाउन पार्टीभित्रै खेल भयो’

मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रै राजनीति गरिएको आरोप लगाएका छन्।



Mukul Dhakal
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २५०
  • काठमाडौँ, पुस १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रै राजनीति गरिएको आरोप लगाएका छन्।

    सामाजिक सञ्जालमार्फत ढकालले सभापतिलाई महामन्त्रीबाट अलग गराउने योजनाले पार्टीभित्रै र बाहिरबाट खेल भएको बताएका हुन्।

    उनका अनुसार, “सभापतिलाई कमजोर बनाउन यो खेल भएको हो। मैले यो राजनीति रोक्न प्रयास गरेँ, तर असफल रहेँ। मलाई कारबाही गरी सभापतिमाथि नै प्रहार गरियो।”

    ढकालले भने, “पार्टीलाई जोगाउनुपर्छ। फुटेर होइन, जुटेर अघि बढ्न आवश्यक छ।”

    उनले आफ्नो भूमिकाबारे स्पष्ट पार्दै भनेका छन्, “मैले रविलाई पटकपटक सम्झाउन प्रयास गरेँ। तर, उहाँले खाल्डोमा परेको कुरा पत्याउनुभएन। उल्टै मलाई कारबाही गरियो, जसले मेरो राजनीतिक रूपमा हत्या गर्न खोजियो।”

    पार्टीलाई सुदृढ बनाउन र राजनीतिक दाउपेचबाट जोगाउन सबै सदस्यहरू एकताबद्ध हुनुपर्ने उनको धारणा छ। उनले थपे, “यो पार्टी हाम्रो बुद्धि, पसिना, पैसा र समयको योगदानले बनेको हो। साना दुखले आर्जेको होइन। त्यसैले यो पार्टी जोगाउन अब सबैले योगदान गर्नुपर्छ।”

    ढकालले अदालतबाट निर्दोष प्रमाणित भए माफी माग्न तयार रहेको पनि बताएका छन्।