काठमाडौं, पुस २८ - नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १६०० रुपैयाँले बढेर छापावाल सुन १ लाख ५५ हजार ७०० रुपैयाँमा पुगेको छ। शुक्रबार भने यो मूल्य १ लाख ५४ हजार १०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको छ। हिजो शुक्रबार भने यसको मूल १ हजार ८४५ रुपैयाँ थियो।
प्रतिक्रिया दिनुहोस