२ माघ २०८१ बुधबार | 15 Jan 2025 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डको टिप्पणी: ‘अप्राकृतिक गठबन्धन भएकाले सरकार ढल्छ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार आफ्नै कारणले टिक्न नसक्ने दाबी गरेका छन्।



Prachanda
  • अञ्जना ढकाल
  • १६ घण्टा अघि
  • पाठक संख्या ६५
  • काठमाडौं, माघ १ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार आफ्नै कारणले टिक्न नसक्ने दाबी गरेका छन्। सिन्धुपाल्चोकको सुकुटेमा आयोजित पत्रकार भेटघाटमा उनले अप्राकृतिक गठबन्धनबाट बनेको सरकारको आयु लामो नहुने बताएका हुन्।

    प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसभित्रको असन्तुष्टि र सरकारका अलोकप्रिय निर्णयहरूले सरकारको आयु छोट्याउने बताएका छन्। उनले भने, ‘अप्राकृतिक भएको हुनाले अन्ततः यो ढल्नु नै छ। यसको आयु धेरै छ जस्तो मलाई लाग्या छैन।’

    सरकारलाई गिराउने कुनै योजना आफ्नो पार्टीले बनाएको छैन भनी स्पष्ट पार्दै प्रचण्डले भने, ‘हाम्रो पार्टी अहिले सरकार गिराउने र तुरुन्तै सत्तामा जाने खेलमा छैन। हामी जनताको बीचमा संगठन सुदृढ गर्ने अभियानमा छौं।’

    उनले वर्तमान सरकार टिकिराखोस् भन्ने आफूहरूको चाहना नरहेको पनि प्रष्ट पारे। ‘यो सरकार टिकिराखोस् भन्ने हाम्रो उद्देश्य छैन। सरकारको हालको कामले नै यसको आयु छोट्याउने देखिन्छ,’ प्रचण्डले थपे।