२ माघ २०८१ बुधबार | 15 Jan 2025 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१ लाख ६० हजार वर्षपछि देखिँदै दुर्लभ पुच्छ्रे तारा

आगामी केही दिनमा आकाशमा १ लाख ६० हजार वर्षपछि पहिलो पटक दुर्लभ पुच्छ्रे तारा देखिने सम्भावना रहेको छ।



  • अञ्जना ढकाल
  • १८ घण्टा अघि
  • पाठक संख्या ७७
  • काठमाडौं, माघ १ - आगामी केही दिनमा आकाशमा १ लाख ६० हजार वर्षपछि पहिलो पटक दुर्लभ पुच्छ्रे तारा देखिने सम्भावना रहेको छ। नासाका अनुसार ‘कमेट सी/२०२४ जी३ (एट्लास)’ नामको यो पुच्छ्रे तारा नांगो आँखाले समेत देख्न सकिने अपेक्षा गरिएको छ। यद्यपि, यसको उज्यालोपन कति हुनेछ भन्नेबारे यकिन अनुमान गर्न कठिन रहेको छ।

    सोमबार उक्त पुच्छ्रे तारा ‘पेरिहेलियन’ स्थितिमा पुगेको थियो, जुन सूर्यसँगको सबैभन्दा नजिकको बिन्दु हो। यही स्थितिले ताराको चम्किलोपन निर्धारण गर्ने भएकाले विज्ञहरूका अनुसार सोमबार रातिदेखि नै यसलाई देख्न सकिनेछ।

    यो पुच्छ्रे तारा कुन ठाउँबाट स्पष्ट देखिन्छ भन्ने अझै निश्चित नभए पनि, विज्ञहरूले यो शुक्र ग्रह जत्तिकै चम्किलो हुने र दक्षिणी ध्रुवबाट राम्रोसँग देखिने बताएका छन्। नासाको एस्ट्रोयड टेरेस्ट्रियल–इम्प्याक्ट लास्ट अलर्ट सिस्टमले गत वर्ष यस तारालाई पत्ता लगाएको थियो।

    किंग्स कलेज लण्डनका एस्ट्रो फिजिसिस्ट डा. श्याम बालाजीका अनुसार, यो पुच्छ्रे ताराले सूर्यदेखि ८३ लाख माइल टाढाबाट यात्रा गर्नेछ। विश्वविद्यालयले यसलाई १ लाख ६० हजार वर्षमा एक पटक हुने दुर्लभ खगोलीय घटना भनेर व्याख्या गरेको छ।