काठमाडौं, पुस २९ - ड्रिम हब प्रा.लि.ले रोजगारसँग सम्बन्धित नयाँ एप "कामकाज" निर्माण गरि प्रयोगमा ल्याउने घोषणा गरेको छ । नेपाली युवाको रोजगारी समस्या समाधान गर्न यो एपलाई क्रान्तिकारी कदमका रूपमा लिइएको ड्रिम हब प्रा.लि.ले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिल थापाले यस "कामकाज" नामक एपलाई "नयाँ सनसनी" भनी व्याख्या गरेका छन्। उक्त एप निर्माण पश्चात् बिकसित मुलुकहरुमा जस्तै काम खोज्न र गर्ने सहज हुने उनको भनाई छ ।
त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक (एमडी) कृष्ण श्रेष्ठले पनि "कामकाज"ले नेपाली युवाहरुलाई स्वदेशमै रहन प्रेरणा दिने बताएका छन । उनले भने, "कुनै समय मैले पनि देश छोड्नुपरेको थियो, तर अबको पुस्ताले यहाँ नै अवसर पाउनेछन्।"
यो एपमा पूर्णकालीन, आंशिककालीन, र हातहातमा नगद पाउने रोजगारीका अवसर उपलब्ध हुनेछन्। कम्पनीले चाँडै नै थप विवरण सार्वजनिक गर्ने जानकारी दिएको छ।
ड्रिम हब प्रा.लि लामो समयदेखि फोटोग्राफी , भिडियोग्राफी डकुमेन्ट्री निर्माण तथा ग्राफिक्स डिजाइन लगायत मल्टिमिडियाको काम गर्ने उदेश्यले उर्जाशिल युवाहरुद्वारा संचालित कम्पनी हो ।
प्रतिक्रिया दिनुहोस