१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अध्यादेश पेस नभई राष्ट्रियसभा बैठक स्थगित, आइतबार पुनः बस्ने

राष्ट्रियसभाको बैठक बिहीबार बिना कुनै अध्यादेश पेस गरी स्थगित भएको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ८३
  • काठमाडौं, २४ माघ – राष्ट्रियसभाको बैठक बिहीबार बिना कुनै अध्यादेश पेस गरी स्थगित भएको छ। अब बैठक आइतबार अपराह्न १:१५ बजे बस्नेछ।

    बिहीबारको बैठकमा दुई विधेयक पेस गरिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ प्रस्तुत गरे। त्यसैगरी, शिक्षा मन्त्री विद्या भट्टराईले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सभासमक्ष पेस गरिन्।

    बैठकको शून्य समयमा केही सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राखेका थिए। आजको कार्यसूचीमा अध्यादेश पेस गर्ने योजना भए पनि राष्ट्रियसभाको अंकगणितीय स्थिति र जसपा नेपालसँगको छलफल टुंगोमा नपुगेका कारण निर्णयार्थ पेस गर्न नसकिएको बताइएको छ।