काठमाडौँ, फागुन ८ - पाथीभरा केबलकार निर्माण रोक्न माग गर्दै दायर गरिएको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ।
रिट निवेदनमा आईन्द्र कुमार लिम्बु समेतको वारेस अमृता थेबेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ताप्लेजुङको फुङलिङ नगरपालिका कार्यालय, जिल्ला वन डिभिजन कार्यालय ताप्लेजुङ, र पाथीभरा क्षेत्र विकास समिति फुङलिङलाई विपक्षी बनाएका छन्।
गत पुस १८ र माघ ३ गते यस सम्बन्धमा दुईवटा रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएका थिए।
प्रतिक्रिया दिनुहोस