१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आगामी चैत्र १२ गते झापामा विप्लवको विशाल जनसभा हुने

विप्लवको उपस्थितिमा आगामी चैत्र १२ गते झापाको बिर्तामोडमा विशाल जनसभा आयोजना गरिने भएको छ।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २८३
  • झापा, फागुन १२ – नेकपा महासचिव नेत्रविक्रम चन्द 'विप्लव'को उपस्थितिमा आगामी चैत्र १२ गते झापाको बिर्तामोडमा विशाल जनसभा आयोजना गरिने भएको छ। नेकपाले सञ्चालन गर्ने 'मेची-महाकाली मार्चपास अभियान'को उद्घाटन स्वरूप उक्त कार्यक्रम तय गरिएको हो।

    नेकपा झापाका इन्चार्ज सुमनसिंहले आफ्नो फेसबुक वालमार्फत जनसभा र अभियानको बारेमा जानकारी गराउँदै लेखेका छन् , "अब झापाले देशको आगामी दिशा बारे बोल्नेछ।" उनले चैत्र ३, ४, ५, ६ र १२ गते महासचिव विप्लव झापा आउने जानकारी गराउँदै १२ गते हुने जनसभालाई ऐतिहासिक बनाउने तयारी भइरहेको उल्लेख गरेका छन्।

    नेकपा स्रोतका अनुसार बिर्तामोडस्थित पार्टी कार्यालयमा जनसभा सफल बनाउन विभिन्न बैठकहरू भइरहेको छन्। महासचिव विप्लव झापामा रहँदा त्यहाँका बामपन्थी नेताहरू, व्यवसायी, तथा सर्वसाधारण नागरिकहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।

    पार्टी निकट स्रोतका अनुसार झापाबाट ५०० भन्दा बढी नयाँ सदस्यलाई पार्टी प्रवेश गराउने तयारीसमेत गरिएको छ। सो जनसभामा ५,००० भन्दा बढी जनताको सहभागिता रहने अपेक्षा गरिएको छ। नेकपाले यस अभियानमार्फत देशलाई अग्रगमनतर्फ लैजान जनताको साथ खोज्ने जनाएको छ।