१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादीहरूको तयारी, सुरक्षा कडा

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी दल तथा संगठनहरू काठमाडौँमा र्‍याली निकाल्ने तयारीमा छन्।



  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १८२
  • काठमाडौं, फागुन २५ – पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राजावादी दल तथा संगठनहरू काठमाडौँमा र्‍याली निकाल्ने तयारीमा छन्।

    पोखरामा एक साता बसेर आज दिउँसो काठमाडौं फर्किने शाहलाई राप्रपा, राप्रपा नेपाल, शिव सेना नेपाल, नागरिक प्रतिरक्षा बल (पीडीएफ) लगायतका समूहले विमानस्थलदेखि निर्मल निवाससम्म र्‍यालीसहित पुर्‍याउनेछन्।

    राजावादी समूहले तिनकुने, गौशाला, महाराजगञ्ज, जावलाखेल लगायतका स्थानबाट र्‍याली निकाल्नेछन्। भीड व्यवस्थापनका लागि सुरक्षा सतर्कता बढाइएको छ र सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।