काठमाडौँ , फागुन २९ - सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ।
न्यायाधीशहरू हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त मुद्दामा मागदाबी नपुग्ने निर्णय सुनाएको हो।
तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा दिएको अभिव्यक्ति र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेको टिप्पणीलाई लिएर वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले २०७७ माघ १३ गते अवहेलनाको निवेदन दायर गरेका थिए।
यसअघि, न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई आफैँ उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। सोहीअनुसार २०७७ फागुन ६ गते ओली अदालतमा उपस्थित भई लिखित जवाफ पेस गरेका थिए।
प्रतिक्रिया दिनुहोस