१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

युवा संगठन नेपाल काठमाडौं महानगर समितिको प्रथम भेला सम्पन्न

युवा संगठन नेपाल काठमाडौं महानगर समितिको प्रथम भेला भव्य रूपमा सम्पन्न भएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३४२
  • काठमाडौं, चैत्र २ - युवा संगठन नेपाल काठमाडौं महानगर समितिको प्रथम भेला भव्य रूपमा सम्पन्न भएको छ।

    भेलामा पार्टीका केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज क. प्रताप सी प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने केन्द्रीय सदस्य गोपाल सी, पार्टी केन्द्रीय प्रतिनिधि सदस्य तथा महानगर सेक्रेटरी दिपक सी, युवा संगठन नेपाल केन्द्रीय सदस्य शुक्र सी, काठमाडौं जिल्ला आर्थिक विभाग सदस्य अनोज सी, जिल्ला सल्लाहकार क. पर्सुराम सी, ठकुर सी, तथा जिल्ला समिति सदस्यहरूको उपस्थिति रहेको थियो।

    यस भेला क. राजिब सीको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त भेलाबाट राजिब सीको नेतृत्वमा १५ सदस्यीय महानगर समिति गठन गरिएको छ।

    नवनिर्वाचित समितिको पदाधिकारीहरू यसप्रकार रहेका छन् :

    अध्यक्ष : क. राजिब सी
    उपाध्यक्ष : क. सन्तोष सी (भान्जा), क. सुमन सी
    सचिव : क. राजकुमार सी
    सहसचिव : क. बिष्णु सी
    कोषाध्यक्ष : क. समित सी
    सदस्यहरू : क. विजय सी, अजेन सी, क. किरण सी लगायत १५ सदस्यीय समिति

    अन्त्यमा नव निर्वाचित समितिलाई सफल कार्यकालका लागि बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।