२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

उदयपुर मिलिजुली समाज कुवेतद्वारा तीन पीडितलाई आर्थिक सहयोग



  • सिमोन भट्टराई
  • १ बर्ष अघि
  • पाठक संख्या ३२२
  • कुवेतमा रहेका उदयपुरेलीहरूको संस्था उदयपुर मिलिजुली समाज कुवेतले उदयपुरका तीन जना गम्भीर स्वास्थ्य समस्याबाट पीडित व्यक्तिहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ।

    संस्थाका विभिन्न पदाधिकारी तथा सदस्यहरूको स्वेच्छिक योगदानबाट संकलित रकमबाट काशीनाथ आचार्य (मिर्गौला समस्या), तिलकबहादुर राई (मेरुदण्डको नसा समस्या) र अञ्चला बर्याल (कलेजो प्रत्यारोपण आवश्यक) लाई प्रति व्यक्ति रु. ११,०११ का दरले हस्तान्तरण गरिएको छ।

    संस्थाका अध्यक्ष मोहन लुटेलले पीडितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै समाजका सबै सहयोगी हातहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। साथै, भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छ।