४ बैशाख २०८२ बिहिबार | 17 Apr 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

चरम संकटमा देश, समाधान नेपाली विशेषताको समाजवादमै : महासचिव विप्लव सी

“अहिलेको संकट समाधान भनेको नेपाली विशेषताको समाजवाद नै हो,” विप्लव सी ले भने।



  • अञ्जना ढकाल
  • ६ दिन अघि
  • पाठक संख्या ५०
  • कपिलवस्तु, चैत २९ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले देश हाल चरम संकटको अवस्थामा रहेको बताउँदै यसको समाधान नेपाली विशेषताको समाजवादमै रहेको दाबी गरेका छन् ।

    कपिलवस्तुमा नेकपाको केन्द्रीय कार्यालयमा जारी संयुक्त बैठकलाई प्रशिक्षण दिँदै महासचिव विप्लवले वर्तमान राजनीतिक दलहरू यथास्थितिवादी भएको आरोप लगाएका छन् । उनले यिनै यथास्थितिवादी प्रवृत्तिका कारण राजावादीहरू फेरि सक्रिय भइरहेको उल्लेख गर्दै राजतन्त्रले अहिलेको संकट समाधान गर्न नसक्ने प्रष्ट पारे। “अहिलेको संकट समाधान भनेको नेपाली विशेषताको समाजवाद नै हो,” उनले भने।

    आफ्नो अभियानको अनुभव सुनाउँदै महासचिव विप्लवले पूर्वदेखि पश्चिमसम्म जनतामा नेकपाप्रति आकर्षण बढिरहेको बताए। उनको अनुसार उद्योगी, बुद्धिजीवी वर्गसमेत पार्टीमा आकर्षित भईरहेको र नेकपाभित्र राजनीतिक ध्रुवीकरणको सम्भावना बढ्दै गएको छ।

    बैठकमा आर्थिक विषयमा समेत विचार राख्दै उहाँले पार्टीलाई नयाँ आर्थिक ढाँचाबाट आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए। “अब चन्दा प्रणालीबाट पार्टीलाई मुक्त गरेर सशक्त अर्थतन्त्र निर्माण गर्नु आवश्यक छ,” उनको भनाइ थियो। उनले राजनीतिक नेतृत्वले अब अर्थतन्त्रलाई कमान गर्नु पर्ने धारणा समेत व्यक्त गरे।

    महासचिव विप्लवले सबै एकजुट भएर लागेमा आगामी ४ देखि ५ वर्षभित्र देशलाई आर्थिक रूपमा नयाँ स्वरूप दिन सकिने विश्वास व्यक्त गरे।

    उक्त प्रशिक्षण बैठक लुम्बिनी प्रदेशका सचिवालय सदस्यहरू र युवा संगठन नेपालका सचिवालय सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको हो।