काठमाडौं, वैशाख ३ – शिक्षक आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण रोकिँदा नतिजा ढिलिने भएको छ।
परीक्षा नियन्त्रक गणेश भट्टराईले शिक्षकहरू परीक्षणमा नआएकाले ढिलाइ भएको बताए। एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए।
शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन गरिरहेको छ। सरकारले आन्दोलन अन्त्यको आग्रह गरे पनि महासंघ ऐन नआएसम्म नरोकिने अडानमा छ।
यसको असर कक्षा १२ को परीक्षा समेत पर्न सक्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस