काठमाडौं, वैशाख २ – सत्तागठबन्धनमा देखिएको अन्योलबीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बालुवाटारमा छलफल भएको छ।
करीब एक घण्टा लामो कुराकानीमा गठबन्धनको कार्यशैली र आलोचना सम्बन्धी विषयमा संवाद भएको बालुवाटार स्रोतले जनाएको छ।
दुवै नेताले संयन्त्रमार्फत् विवाद समाधान गर्ने सहमति जनाएका छन्। निकट भविष्यमा संयन्त्रको बैठक बोलाउने तयारी गरिएको छ।
यसअघि प्रचण्डले नयाँ सरकार बन्न सक्ने संकेत दिएपछि गठबन्धनभित्र बहस चर्किएको थियो।
प्रतिक्रिया दिनुहोस