२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कृषिमा रमाउँदै विप्लव, गाउँगाउँ जाँदै कृषिमा जोड

विप्लव सीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि व्यावसायिक कृषि उत्पादन आवश्यक रहेको बताए।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या ३६१
  • कपिलवस्तु, वैशाख ३ - हाल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी हरेक गाउँ गाउँ पुगी आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि व्यावसायिक कृषि उत्पादन आवश्यक रहेको बताउँदै आएका छन्। 

    यसै क्रममा समाजवादलाई अँगाल्ने विप्लव सीको नेतृत्वमा १५ सदस्यीय टोलीले कपिलवस्तुको सितगंगा नगरपालिका–११ स्थित कृषि जनकम्युनमा अगवारे खुर्सानी रोपण गरेको छ।

    वैशाख २ गते बिहान करिब १० बजे नेकपाको केन्द्रीय सम्पर्क कार्यालयबाट करिब २० किलोमिटर पश्चिम यात्रा गरी टोली कृषि जनकम्युन पुगेको हो। टोलीले कच्ची बाटो हुँदै मान्द्रेतर्फ प्रस्थान गरी खुर्सानी रोपण कार्य सुरु गरेको हो।

    कार्यक्रममा बोल्दै महासचिव विप्लव सीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि व्यावसायिक कृषि उत्पादन आवश्यक रहेको बताए। "आत्मनिर्भरताका लागि यो कार्य अनिवार्य छ," उनले भने, "अनि मात्र देश समृद्धि तर्फ अगाडि बढ्छ।"

    उनले कृषि जनकम्युनलाई आत्मनिर्भरताको नमुना बनाउन सकिने विश्वास व्यक्त गर्दै उत्पादनशील काममार्फत जनस्तरमै वैकल्पिक अर्थतन्त्रको अभ्यास गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा नेकपाका विभिन्न जिल्ला तथा स्थानीय तहका नेताहरूको पनि उपस्थिति थियो।