२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पोखरा महानगरमा हटाइएका करार स्वास्थ्यकर्मीको तालाबन्दी

विना कारण हटाएको भन्दै उनीहरूले ९ बुँदे मागसहित आन्दोलन गरेका हुन्।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १६८
  • पोखरा, वैशाख २ – पोखरा महानगरपालिका स्वास्थ्य महाशाखामा करारमा कार्यरत स्वास्थ्यकर्मीहरूले मंगलबार तालाबन्दी गरेका छन्।

    विना कारण हटाएको भन्दै उनीहरूले ९ बुँदे मागसहित आन्दोलन गरेका हुन्।

    कर्मचारीहरूले आफूहरूलाई हटाएर नीति, विधि विपरीत तीन नयाँ स्वास्थ्यकर्मीलाई विना प्रतिस्पर्धा नियुक्त गरिएको भन्दै ती नियुक्ति खारेज गर्न माग गरेका छन्।

    साथै, निष्कासित कर्मचारीलाई पुनः बहाली, करार सेवामा कानुनी हकको ग्यारेण्टी, र सुशासन कायम गर्नुपर्ने उनीहरूको माग छ।

    सर्वोच्च अदालतले यसअघि करार कर्मचारी नहटाउन अन्तरिम आदेश दिएको थियो। तर आदेश कार्यान्वयन नभएको भन्दै उनीहरू माघदेखि आन्दोलनमा छन्।