२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

२० वर्षीया महिलामाथि बलात्कारको आरोपमा एक जना पक्राउ

३७ वर्षीय धामी २० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २८०
  • मोरङ, वैशाख ३ – मोरङको उर्लावारी नगरपालिका–८ राजघाटका ३७ वर्षीय मनोज धामी २० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।

    गत चैत २८ गते राति पीडित महिलामाथि जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

    घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।