८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भयको छ ।



  • क्वालिटी खबर
  • १ महिना अघि
  • पाठक संख्या ५९
  • काठमाडौँ, बैशाख ७ - माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भयको छ । 

    तनहुँको नेपाल डाँडा नजिकै बेंसीशहरबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको स्कुटर र काठमाडौँबाट लमजुङको बेंसीशहरतर्फ आउँदै गरेको माइक्रोबस ठोक्किँदा उक्त दूर्घटना भएको हो, जसमा दुई जनाको मृत्यु भएको छ। 

    स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने माइक्रोबसमा सवार एक जनाको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो। घटना बारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।