१० बैशाख २०८२ बुधबार | 23 Apr 2025 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश मुसलमानको इजलासमा

सोमबार उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो, तर फुयाँलले उक्त मुद्दा नहेर्ने निर्णय गरेपछि रिट अर्को इजलासमा सर्‍यो।



  • अञ्जना ढकाल
  • १७ घण्टा अघि
  • पाठक संख्या ७०
  • काठमाडौँ, वैशाख ९ – गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ।

    लामिछानेकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा उक्त रिट दायर गरेकी थिइन्। सोमबार उक्त रिट न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको थियो, तर फुयाँलले उक्त मुद्दा नहेर्ने निर्णय गरेपछि रिट अर्को इजलासमा सर्‍यो।

    सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर सो आदेश उल्ट्याउँदै उच्च अदालत तुलसीपुर बुटवलले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

    उच्च अदालतको आदेशपछि चैत २२ गते उनलाई पक्राउ गरी सोही रात काठमाडौँ प्रहरी परिसरमा राखिएको थियो। त्यसपछि चैत २५ गते अदालतमा पेश गरिएपछि उनलाई कारागार चलान गरिएको हो।