काठमाडौं, वैशाख ९ - नेपाल कम्युनिस्ट पार्टी का महासचिव विप्लव सीले १५६ औं लेनिन जयन्ती र ७७ औं कम्युनिस्ट पार्टी स्थापना दिवसको र बृहत धुर्विकरण अवसरमा महत्त्वपूर्ण विचारहरू व्यक्त गरेका छन्। काठमाडौंको जमाल मस आयोजित कार्यक्रममा बोल्दै उनले प्रतिबद्ध र क्रान्तिकारी नेता कार्यकर्ताहरूको आवश्यकता औंल्याए।
महासचिव विप्लव सीले जोड दिँदै भने, 'हामीलाई प्रतिबद्ध नेता कार्यकर्ताहरूको पंक्ति चाहिन्छ।' उनले विगतको स्मरण गर्दै थपे, 'त्यतिबेला मालिक अरुबाट पालिएको पार्टीले क्रान्ति गर्न सक्दैनथ्यो। जसले श्रम, पसिना र मिहेनत गरेको हुन्छ, त्यही पार्टीले देश निर्माण गर्छ र हामी त्यो गर्न सक्छौं।'
वर्तमान अवस्थामा दलाल पुँजीवादले नेपाली युवाहरूलाई मागेर खाने र अरुले अराएको काम गर्ने दिशामा धकेलेकोमा चिन्ता व्यक्त गर्दै उनले यसलाई चिर्नुपर्ने आवश्यकता औंल्याए। लेनिनको सन्दर्भ उल्लेख गर्दै उनले भने, 'मागेर खाने अर्काले अराएको काम गर्नेतिर दलाल पुँजीवादले नेपालका युवाहरुलाई पुराएको छ। यसलाई हामी चिर्ने जरुरी छ।'
नेकपालाई जनताले दुःख पर्दा सम्झिने गरेको बताउँदै महासचिव विप्लव सीले भने, 'दुख पर्यो भने नेकपा सम्झी छन्, सुकुम्बासीले नेकपालाई सम्झिन्छ, युवा महिला, मिटरब्याजी पीडित, पीडित व्यवसायी सबैले नेकपालाई सम्झिन्छ।'
'उनले देशको वर्तमान परिवेशमा नेकपाको भूमिका नेपाली सेना जस्तै हुनुपर्ने धारणा राखे।
देशभरि दुःख गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उनले भने, 'हामी देशभरि दुःख गर्न तयार छौं। 'उनले आम नागरिकलाई सम्बोधन गर्दै थपे, 'नेपालका श्रमिकहरु, तपाई एमाले भएर जन्म्या त कोही पनि होइन। तपाई कुनै कम्युनिस्ट पार्टीको सदस्य भएर जन्मेको त कोहि पनि होइन नि! तपाई त सिर्फ कम्युनिस्ट भएर जन्मेको ६ सालको कम्युनिस्ट आन्दोलनलाई समर्थन गरेर आएको कम्युनिस्ट समर्थक जनताहरुलाई छ नि, कहिले एमालेलाई चोइस गर्नुभयो, कहिले माओवादीलाई चुन्नु भो, छान्नुभयो। हैन, तपाईले हेर्नु पनि भाछ, राम्रा पनि भएका छन्। यो भन्दा अगाडी बढाउदा खेरि नेपाली जनताले एक चोटि हामीलाई रोज्नु दिनु होला।'
महासचिव विप्लव सीले आफ्नो पार्टीले उत्पादन नीति बनाएको जानकारी दिँदै आजको संकटको वैज्ञानिक, वस्तुवादी र अग्रगामी विकास नेकपाको दृष्टिकोण भएको बताए। यसैअनुसार देशभरि अभियानहरू चलिरहेको र सबैलाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गरे।
उनले थप भने, 'हेर्नुस्, हामीले चाहिँ एउटा ठुलो संघर्ष गरिरहेका छौँ। हामीलाई कुनै चिन्ता पनि छैन, अहिले भर्खर कुनै लालचा भयंकर पनि छैन। हामीसँग एउटा गम्भीर जिम्मेवारी छ - देश निर्माण गर्ने, जनताको भविष्य निर्माण गर्ने हामीसँग चाहना छ। संघर्ष गर्नुपर्छ सबैतिरका सबैतिरबाट निस्फिक्री त्यहाँ कुनै निसंकोचहरुलाई माओवादीहरुलाई समाजवादीहरुलाई देशभक्त एकताबद्ध गर्ने र लोकतन्त्रवादी जो गणतान्त्रिक लोकतन्त्र छ, त्यो शक्तिलाई पनि सहकार्यमा लाग्दै लिएर गइयो भने देशले एउटा निकास पाउँछ भन्ने हामीलाई विश्वास छ। त्यसको लागि हामी सबैले मेहेनत गरौँ।'
अन्त्यमा, उनले नयाँ आर्थिक मार्ग, नयाँ दर्शन, अनिश्चयको रक्षा र रूपान्तरणको दृष्टिकोणसहित पुनर्मिलन र ध्रुवीकरण एकतामा सहभागी भएका नयाँ अभियान्ताहरूलाई हार्दिक स्वागत गरे। उनले भने, 'हाम्रोमा कुनै उ छैन, कुनै पूर्वाग्रह तर इमान्दारीपूर्वक एउटै लक्ष्य छ। नयाँ आर्थिक मार्ग, नयाँ फिलोसफी, अनिश्चय रक्षा र रूपान्तरणको एउटा दर्शन सबैसँग मिल्न सक्ने रूपान्तरण गरेर लिएर जाने खालको दृष्टिकोण सहितको हैन पुनर्मिलन र ध्रुवीकरण एकतामा हामी सहभागी बनेका नयाँ अभियान्ताको रुपमा एकदमै हार्दिक स्वागत गर्न चाहन्छु। हाम्रोमा कुनै [भेदभाव] छैन, कुनै पूर्वाग्रह तर इमान्दारीपूर्वक एउटै शब्द...'
यसरी महासचिव विप्लव सीले आफ्नो सम्बोधनमा पार्टीका प्रतिबद्ध कार्यकर्ता, श्रमजीवी जनताको शक्ति, राष्ट्रिय स्वाधीनता र देशको समृद्धिका लागि नयाँ मार्गचित्रको आवश्यकतामा जोड दिए।
प्रतिक्रिया दिनुहोस