२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

तोरीको भुसको आगोमा जलेको अवस्थामा मोटरसाइकल र शव फेला

तोरीको भुसमा लागेको आगोमा मोटरसाइकल र नजिकै एक व्यक्तिको जलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।



  • अञ्जना ढकाल
  • ६ महिना अघि
  • पाठक संख्या १५४
  • कञ्चनपुर, वैशाख ९ - कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरस्थित घटियाघाट रोड नजिकै जलेको अवस्थामा एक शव फेला परेको छ।

    मंगलबार बिहान करिब पौने ७ बजेको समयमा तोरीको भुसमा लागेको आगोमा मोटरसाइकल र नजिकै एक व्यक्तिको जलेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार घटनास्थलमा मोटरसाइकल पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको छ भने शव पनि चिन्न नसकिने गरी जलेको छ।

    शवको सनाखत हुन नसकेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।