२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आन्दोलनमा नारा- ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ?

काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रका सडकमा भेला भएर शिक्षकहरूले सरकारविरूद्ध नाराबाजी



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या ३१०
  • काठमाडौँ, वैशाख ९ – नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले लगातार  काठमाडौंकेन्द्रित आन्दोलन गरेका छन्। काठमाडौंको माइतीघर-बबरमहल क्षेत्रका सडकमा भेला भएर शिक्षकहरूले सरकारविरूद्ध नाराबाजी पनि गरेका छन्।ओइ सरकार ओइ, शिक्षा मन्त्री खोइ? व्यापारी सरकार होसियार, शैक्षिक माफिया होसियार, देशभरबाट आइया छ, शिक्षा ऐन चाहिया छ जस्ता नारा लगाउँदै शिक्षकहरूले प्रदर्शन गरेका हुन्।

    उनीहरूले आन्दोलन जारी राख्ने, सडक नछाड्ने र विद्यालय शिक्षा ऐन नलिई विद्यालय नफर्किने भन्दै प्रदर्शन गरेका हुन्। यसबीच सोमबार शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। आन्दोलनरत शिक्षकहरूले शिक्षा मन्त्री खोइ भन्दै प्रदर्शनसमेत गरेका हुन्।

    नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि आन्दोलन जारी रहने बताएका छन्। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेसँगै उनले माग पूरा नभइ शिक्षकहरू विद्यालय नफर्किने बताएका हुन्।  सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।