काठमाडौँ, वैशाख ९ – सिंहदरबार भित्रका सबै मन्त्रालयमा मेलम्चीको पानी जडान गरिने भएको छ । सोमबार बसेको सचिव बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार खानेपानी मन्त्रालयले सिंहदरबारस्थित सबै मन्त्रालय/निकायमा मेलम्ची पानी जडान गर्न यथाशीघ्र काम कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।
विशेष कुरा के हो भने, सिंहदरबारभित्र यसअघि मेलम्ची पानी उद्घाटनका क्रममा देखिए पनि, वास्तविक रूपमा ती धारामा मेलम्चीको पानी आउँदैनथ्यो । अब भने मेलम्ची पानी स्थायी रूपमा आपूर्ति गर्ने तयारी भइरहेको छ, जुन सरकारी कार्यालयहरूमा शुद्ध खानेपानीको पहुँच बढाउने दिशामा सकारात्मक कदम हो ।
प्रतिक्रिया दिनुहोस