१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

शिक्षक आन्दोलनः प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते, महासंघले आकस्मिक बैठक बोलायो

शिक्षक आन्दोलनले उग्ररूप लिएसँगै नयाँ बानेश्वरमा प्रहरीसँग भएको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १६१
  • काठमाडौँ, वैशाख १४ – शिक्षक आन्दोलनले उग्ररूप लिएसँगै नयाँ बानेश्वरमा प्रहरीसँग भएको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन्। घटनापछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ।

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार आज दिउँसो ३ बजे रत्नराज्य मावि, बानेश्वरमा आकस्मिक बैठक बोलाइएको छ। बैठकमा महासंघका पदाधिकारी, जिल्ला अध्यक्षहरू र आन्दोलन परिचालन समितिका सदस्यहरूलाई सहभागी हुन भनिएको छ। बैठकमा आजको घटनासँगै आन्दोलनको आगामी रणनीतिबारे पनि छलफल गरिने जनाइएको छ।

    नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले झडपमा घाइते भएका शिक्षकहरूको उपचार भइरहेको जानकारी दिएका छन्। गम्भीर घाइतेहरूलाई सिभिल अस्पतालमा पठाइएको छ भने सामान्य चोटपटक भएकाहरूको उपचार आन्दोलनस्थलमै भइरहेको छ।

    प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेको भन्दै आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गरेपछि आक्रोशित शिक्षकहरूले सडक छेउका ढुंगामुढा प्रहरीमाथि प्रहार गरेका थिए।