२१ असार २०८३ आईतबार | 05 Jul 2026 Sun
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

‘८२ अर्ब नाफा गर्दा पनि घाटा देखाएर बदनाम गरियो’ – कुलमान घिसिङको आरोप

कुलमान घिसिङले हालै सार्वजनिक गरिएको श्वेतपत्रमा तथ्य तोडमोड गरिएको आरोप लगाएका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ४७६
  • काठमाडौं, वैशाख २३ — नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले हालै सार्वजनिक गरिएको श्वेतपत्रमा तथ्य तोडमोड गरिएको आरोप लगाएका छन्।

    उनले श्वेतपत्रमार्फत देखाइएको ५ अर्ब २६ करोडको घाटा कर सम्बन्धी लेखा प्रक्रिया भएको स्पष्ट गर्दै भने, “वास्तविकता यो हो कि प्राधिकरणले ८२ अर्ब रुपैयाँ नाफा गरेको छ।”

    घिसिङले आरोप लगाए कि उक्त श्वेतपत्र आफूलाई बदनाम गराउने नियतका साथ ल्याइएको हो। उनका अनुसार, श्वेतपत्रले नाफा भएको स्वीकारे पनि कर समायोजनका नाममा घाटा देखाएर भ्रम फैलाइएको छ।

    त्यस्तै, उनले प्राधिकरणमा दैनिक ३५ करोड रुपैयाँसम्म क्यास जम्मा हुने र करिब १० अर्ब रुपैयाँ क्यास रिजर्भ रहेको दाबी गरे। सम्पत्तिको रेकर्ड तथा लगानीसम्बन्धी विवरणहरू पनि तथ्यगत नभएको उनको भनाइ छ।

    उनले यस्तो लेखा प्रक्रिया प्राविधिक विषय भए पनि जनतालाई भ्रममा पार्न प्रयोग गरिएको टिप्पणी गरे।