२८ साउन २०८३ बिहिबार | 13 Aug 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

क्यान्सर पीडितलाई उदयपुर मिलीजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

सामाजिक कार्यमा जुट्दै आएको यस संस्थाले मानव सेवालाई धर्म ठानी पीडितलाई सहयोग गरेको हो।



  • क्वालिटी खबर
  • १ बर्ष अघि
  • पाठक संख्या ३६९
  • कुवेत, वैशाख २७ - सामाजिक सेवामा सक्रिय उदयपुर मिलीजुली समाज कुवेतले क्यान्सर पीडित सुस्मिता राई परियारलाई आर्थिक सहयोग गरेको छ। स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यमा जुट्दै आएको यस संस्थाले मानव सेवालाई धर्म ठानी पीडितलाई सहयोग गरेको हो।

    उदयपुर जिल्ला त्रियुगा नगरपालिका–१३ की सुस्मिता राई परियार हाल भरतपुरस्थित बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छिन्। आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले गाउँपालिकाबाट सिफारिससहित सहयोगको अपिल गरिएको थियो। उक्त अनुरोधलाई मनन गर्दै समाजले स्वास्थ्य लाभको कामनासहित सहयोग संकलन गरेको हो।

    समाजका अध्यक्ष मोहन लुइँटेलको अध्यक्षतामा फर्वानिया पार्कमा आयोजित मासिक बैठकमा दाजुभाइ तथा दिदीबहिनीहरूबाट संकलन गरिएको नेपाली रुपैयाँ १८ हजार ५ सय बराबरको सहयोग रकम पीडितलाई पठाइएको समाजले जानकारी दिएको छ।

    उदयपुर मिलीजुली समाज कुवेतले यसअघि पनि नेपाल तथा कुवेतमा समस्या परेका विभिन्न बिरामीहरूलाई निरन्तर रूपमा सहयोग गर्दै आइरहेको छ। समाजले आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।