३० जेठ २०८३ शनिबार | 13 Jun 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देउवासँगको भेटपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए

ओली र देउवाबीच मंगलबार भएको भेटवार्तापछि मन्त्रिपरिषद् बैठक बोलाइएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ११४
  • काठमाडौं, जेठ ६ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार भएको भेटवार्तापछि मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

    गभर्नर नियुक्तिको विषयमा दुई दलबीच असहमति भएपछि सोमबारका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको थियो। तर, मंगलबार ओली र देउवाबीच करिब एक घण्टा लामो छलफलपछि आजै साँझ मन्त्रिपरिषद् बैठक डाकिएको हो।

    एक मन्त्रीका अनुसार, मन्त्रिपरिषद् बैठक साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

    यसअघि गभर्नरको नियुक्तिका सम्बन्धमा प्रधानमन्त्री ओलीले प्रस्तावित उम्मेदवार डा. पौडेलप्रति असहमति जनाएका थिए। यही कारण सोमबारको बैठक र देउवासँगको तय भेट पनि स्थगित भएको थियो। तर, मंगलबार भएको छलफलले सहमतिको बाटो खोल्दै मन्त्रिपरिषद् बैठक अघि बढाइएको हो।