२९ साउन २०८३ शुक्रबार | 14 Aug 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माधव नेपालसहितको पतञ्जलि जग्गा प्रकरणमा सुनुवाइ स्थगित



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १६२
  • काठमाडौं, चैत ५ - पतञ्जलि योगपीठसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित गरिएको छ। विशेष अदालतमा आजका लागि तोकिएको पेसी अन्तिम समयमा रोकिएको हो।

    न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासमा मुद्दा पेश हुने तयारी रहे पनि नेपाल पक्षका कानुन व्यवसायीले दिएको निवेदनपछि सुनुवाइ स्थगित भएको अदालत स्रोतले जनाएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै कारबाहीको माग गरेको छ।

    अभियोगअनुसार, नेपालले प्रधानमन्त्री हुँदा पदको दुरुपयोग गरी सरकारी जग्गा निजी तथा संस्थागत स्वार्थमा हस्तान्तरण गर्न भूमिका खेलेका थिए। मन्त्रिपरिषद्को निर्णयमार्फत हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न पतञ्जलिलाई अनुमति दिइएको र सोही आधारमा ठूलो परिमाणमा जग्गा किनबेच भएको दाबी गरिएको छ।

    यस प्रकरणमा करिब ३१४ रोपनीभन्दा बढी जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरिएको आरोप छ। मुद्दाको अर्को सुनुवाइ मिति पछि तोकिने बताइएको छ ।