७ जेठ २०८३ बिहिबार | 21 May 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जनताको मन जित्यौँ, मत जित्न सकेनौँ : कुलमान घिसिङ



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १०७
  • काठमाडौँ, फागुन २६ - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा निर्वाचनमा प्राविधिक रूपमा हार भए पनि जनताको मन जित्न सफल भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत उनले निर्वाचन परिणामप्रति आफ्नो प्रतिक्रिया दिएका हुन्।

    घिसिङले परिवर्तनको अपेक्षासहित जनताले दिएको समर्थनलाई ठूलो उपलब्धि मानेका छन्। उनले निर्वाचनमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सुशासन र समृद्धिको यात्रामा सफलताको शुभकामना पनि दिएका छन्।

    नयाँ सरकारले गर्ने सकारात्मक काममा समर्थन गर्ने तर गलत काम भएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने उनले बताएका छन्। देशको विकास ढिलाइ हुनुको मुख्य कारण कार्यान्वयनमा कमजोरी भएको उनको भनाइ छ।

    आफ्नो कार्यकालमा १८ घण्टाको लोडसेडिङ अन्त्य, घरधुरीमा विद्युत् सेवा विस्तार र नेपाललाई विद्युत् निर्यात गर्ने अवस्थासम्म पुर्‍याउन सफल भएको उनले स्मरण गरेका छन्।

    निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा उनले प्रधानमन्त्री, सुरक्षा निकाय र मतदातालाई धन्यवाद दिएका छन्। साथै ‘उज्यालो नेपाल निर्माण’ को अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।