१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको रिटमा आज पनि टुंगो लागेन, सर्वोच्चले हेर्दाहेर्दैमा राख्यो



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १२१
  • काठमाडौँ, जेठ ६ - सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि फैसला हुन सकेन। सर्वोच्च अदालतले उक्त रिट हेर्दाहेर्दैमा राख्ने निर्णय गरेको छ।

    न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार लामिछानेको रिटमाथि दिनभर सुनुवाइ चलेको थियो। तर, सुनुवाइ नसकिएपछि अन्तिम निर्णय नहुँदै हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।

    यसअघि पनि लामिछानेको रिट पटक–पटक पेशीमा परे पनि ‘हेर्न नमिल्ने’ कारण सुनुवाइ टर्दै आएको थियो। आज भने रिट इजलाससम्म पुगे पनि निष्कर्षमा पुग्न नसकिएकाले मुद्दा यथावत् राखिएको हो।

    लामिछानेसँगै सहकारी ठगी आरोपमा थुनामा रहेका पूर्व डीआईजी छविलाल जोशीको मुद्दामाथि पनि आजै सोही इजलासमा सुनुवाइ भएको थियो।

    सर्वोच्चको निर्णयले लामिछानेको पक्षमा कानुनी प्रक्रिया अझ लम्बिने देखिएको छ।