१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ग्वार्को ओभरपासमा तीव्र गतिमा काम, जेठ मसान्तभित्र सवारीसाधन गुडाउन सकिने लक्ष्य

ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको काम तीव्र गतिमा अगाडि बढिरहेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २२०
  • काठमाडौं, जेठ ७ – ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको काम तीव्र गतिमा अगाडि बढिरहेको छ।

    निर्माण कम्पनीले जेठ १५ भित्रै आयोजनाको काम सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य राखेको छ। सोही अनुसार हाल काम धमाधम भइरहेको छ।

    सुरुमा दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २०७८ फागुन १२ मा आशिष–समानान्तर जेभीसँग सम्झौता गरिएको थियो। तर, तोकिएको समय २०८० फागुन १२ भित्र काम नसकिएपछि म्याद थप गर्दै २०८१ पुस ८ सम्म कायम गरिएको थियो। त्यसपछि पनि काम ढिलो भएपछि सडक विभागले निर्माण कम्पनीलाई हर्जाना तिराउँदै काम गराइरहेको छ।

    ओभरपास सम्पन्न भएपछि कलंकी–कोटेश्वर सडक खण्ड तथा ग्वार्को–लामाटार र ग्वार्को–पाटनतर्फ जाने सवारीसाधनका लागि ओभरपास मार्ग सहज हुने बताइएको छ। साथै, सातदोबाटो–कोटेश्वर र मंगलबजार–इमाडोल–लुभु सडक खण्ड हुँदै हुने यातायातलाई पनि सुरक्षित, सुगम र व्यवस्थित बनाउन मद्दत पुग्नेछ।

    सरकारले निर्माण कार्य जेठ मसान्तभित्र सम्पन्न गरी ओभरपास सञ्चालनमा ल्याउने तयारी गरेको छ। यदि सबै योजना अनुसार अगाडि बढेमा अब केही दिनमै सो क्षेत्रमा सवारी गुड्न थाल्नेछ।