१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

नयाँ गभर्नर नियुक्तिपछि सेयर बजारमा उत्साह, प्रि-ओपन सेसनमै नेप्से ३४.७९ अंकले बढ्यो



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३१६
  • काठमाडौं, जेठ ७ – नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको नियुक्तिसँगै सेयर बजारमा उत्साह देखिएको छ। बुधबारको प्रि-ओपन सेसन मा नेप्से परिसूचक ३४.७९ अंकले बढेर २७१२.२५ बिन्दुमा पुगेको हो।

    मंगलबार मात्रै सरकारले डा. विश्व पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो। उनको नियुक्तिपछि लगानीकर्तामा सकारात्मक सन्देश गइसकेको देखिन्छ।

    यसअघि मंगलबारको नियमित कारोबारमा पनि बजार उत्साहित रहँदै अन्तिम समयमा नेप्से परिसूचक ४९.०९ अंकले उकालो लागेको थियो।

    नयाँ नेतृत्वप्रति लगानीकर्ताले विश्वास देखाएसँगै बजारमा सुधार आउने अपेक्षा गरिएको छ। यसले आगामी दिनमा बजारको प्रवृत्तिमा समेत प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन्।