२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डको चेतावनी : 'भिजिट भिसा प्रकरणले गृहमन्त्रीको राजीनामा ल्याउनेछ'

‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अवस्था सिर्जना गर्ने बताएका छन्।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ९२
  • चितवन, १३ जेठ २०८२ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अवस्था सिर्जना गर्ने बताएका छन्।

    मंगलबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण केवल गृहमन्त्रीसँग मात्र सम्बन्धित नभई समग्र सरकारसँग जोडिएको विषय भएको उल्लेख गरे। उनले विपक्षी दलहरूको दबाबका कारण गृहमन्त्रीको राजीनामा आवश्यक हुने अवस्था आउन सक्ने संकेत गरे।

    यस्तै, उनले नेपाल समाजवादी पार्टीसँगको एकता प्रक्रियामा कुनै विवाद नरहेको बताए। उनका अनुसार महेन्द्र राय यादव माओवादीको महाधिवेशनकै क्रममा माओवादीमा प्रवेश गर्ने तयारीमा छन्।

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईप्रति पनि प्रचण्डले तीव्र असन्तुष्टि जनाए। उनले बाबुरामले बारम्बार माओवादीको विरोध गर्दै तलसम्म झरेर अभिव्यक्ति दिने गरेको आरोप लगाए।

    उनले भने, “बाबुरामलाई मैले छोडेको होइन, उनले नै पार्टी, आन्दोलन र माक्र्सवाद छाडेर भागेका हुन्।”