१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने

एक विज्ञप्ति जारी गर्दै राप्रपा नेतृत्वको आन्दोलनमा आफ्नो समूहको सहकार्य नरहेको स्पष्ट पारेका छन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५६
  • काठमाडौँ, जेठ १५ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजावादी समूहले आज (जेठ १५) काठमाडौँमा आयोजना गर्न लागेको आन्दोलनमा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ सहभागी नहुने भएको छ।

    उक्त अभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बूले बिहीबार एक विज्ञप्ति जारी गर्दै राप्रपा नेतृत्वको आन्दोलनमा आफ्नो समूहको सहकार्य नरहेको स्पष्ट पारेका छन्।

    विज्ञप्तिमा भनिएको छ, “जेठ १५ गतेको आन्दोलन राप्रपा नेतृत्वको जनआन्दोलन भएकोले हाम्रो सहकार्य नरहेकोले सहभागी नहुन अनुरोध सहितको निर्देशन गर्दछौं।”

    साथै, आन्दोलनको क्रममा कुनै अप्रिय घटना भएमा त्यसको सम्पूर्ण जिम्मेवारी राप्रपाकै हुने स्पष्ट गर्दै आफूहरूको अभियान त्यसमा कुनै जिम्मेवार नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

    यसैबीच, राप्रपासहित अन्य राजावादी समूह भने आजको दिन काठमाडौँमा प्रदर्शन गरिरहेका छन्।