१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिंहदरबारमा आज ओली, देउवा र प्रचण्डबीच उच्चस्तरीय छलफल

पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अपरान्ह छलफल हुने तय भएको हो।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५०
  • काठमाडौं, जेठ १९ – देशको वर्तमान राजनीतिक परिस्थिति र संसद्मा देखिएको गतिरोध अन्त्यका लागि आज सोमबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच महत्वपूर्ण छलफल हुने भएको छ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अपरान्ह छलफल हुने तय भएको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बस्ने भनिएको यो बैठक संसद् अवरुद्ध भइरहेका बेला तीन दलका नेताहरूबीच संवादको पहलको रूपमा हेरिएको छ।

    स्रोतका अनुसार संसद्को गतिरोध हटाउने उपायका साथै समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।