१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भिजिट भिसा प्रकरणबारे छानबिन आयोग गठन गर्न प्रतिपक्षी दलहरूको तीन बुँदे निष्कर्ष

गृहमन्त्री रमेश लेखकलाई छानबिनको परिणाम नआएसम्म मार्ग प्रशस्त गर्न आग्रह गर्ने निष्कर्ष बैठकले निकालेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १५७
  • काठमाडौं, जेठ २० – प्रमुख प्रतिपक्षी दलहरूको मंगलबार बसेको बैठकले भिजिट भिसासम्बन्धी समस्याहरूको समाधानका लागि तीन बुँदे निष्कर्ष निकालेको छ। संघीय संसद भवन, नयाँ बानेश्वरस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को कार्यकक्षमा बसेको बैठकमा रास्वपा, एकीकृत समाजवादी, र नेपाल समाजवादी पार्टीका नेताहरू सहभागी थिए।

    रास्वपा सांसद मनिष झाका अनुसार बैठकले पहिलो चरणमा भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। सो समितिले श्रम ऐन २०६४ पश्चातदेखि हालसम्म गृहमन्त्रीहरूको कार्यकाल अवधिभित्र भएका भिजिट भिसासम्बन्धी गतिविधिमाथि छानबिन गर्नेछ।

    दोस्रो बुँदामा, गृहमन्त्री रमेश लेखकलाई छानबिनको परिणाम नआएसम्म मार्ग प्रशस्त गर्न आग्रह गर्ने निष्कर्ष बैठकले निकालेको छ।

    तेस्रो बुँदामा, प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा आएर यस विषयमा जिम्मेवारी लिँदै स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने माग पनि प्रतिपक्षी दलहरूले गरेका छन्।

    प्रतिपक्षी दलका प्रमुख सचेतकहरू ती तीन बुँदे निष्कर्षसहित सभामुखको कार्यकक्षमा जारी बैठकमा सहभागी भएका छन्।