२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मन्थली नगरपालिका वडा नम्बर १० चनखुलाई बालमैत्री स्थानिय  शासनयुक्त वडा घोषणा



  • क्वालिटी खबर
  • ४ हप्ता अघि
  • पाठक संख्या ३१६
  • मन्थली, जेठ २९ - रामेछाप  जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १० चनखुलाई बालमैत्री स्थानिय  शासनयुक्त वडा घोषणा गरिएको छ । 

    बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै बुधबार चनखु वडा कार्यालयको आयोजनामा एक भव्य समारोहका बीच  बालमैत्री वडा घोषणा गरिएको वडाअध्यक्ष गोपीलाल तामाङले जानकारी दिए । 

    “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ मन्थली नगरपालिका अन्तर्गतका चनखु वडा सहित  १४ वटै वडाहरूलाई बुधबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।

    कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का सहित चनखुका वडाअध्यक्ष ,वडा सदस्य ,राजनीतिक दलका प्रतिनिधिहरु, तामाङ र मगर समुदायको झाँक्री र मुङ्राती नाच र मौलिक पन्चेबाजाको साथमा विद्यार्थीहरुले विभिन्न ब्यानर बोकेर वडा कार्यालय तामाङ टोल हुँदै कार्यक्रम स्थल सरस्वती माविसम्म र्याली सहित पुगेको थियो ।

    कार्यक्रममा तामाङ मौलिक डम्फु,पन्चेबाजा , झाँक्री नाच र मगर समुदायको समेत विशेष प्रस्तुति रहेकोे थियो ।  त्यस्तै वडामा रहेका श्री सरस्वती माध्यमिक विद्यालय र हरिसिद्दी आधारभुत विद्यालयका विद्यार्थीहरुले कविता,गजल ,गायनका साथै नृत्य गरेर उपस्थितिहरुलाई मनोरञ्जन दिएका थिए । 

    कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नको निम्ति सहयोग गर्ने विभिन्न निकाय र संघसंस्थालाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।