२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बेपत्ताहरुको सवालमा राज्यले नै जालसाजी गर्‍यो : विप्लव



  • क्वालिटी खबर
  • ३ हप्ता अघि
  • पाठक संख्या ७०
  • काठमाडौ, असार ३ - नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बेपत्ताहरुको स्थिति सार्वजनिकरण र पीडितलाई न्याय दिने बिषयमा राज्यले जालसाजी गरेको बताएका छन।बेपत्ता परिवार समाज नेपालद्वारा आज राजधानीमा आयोजित बेपत्ताहरुको सार्वजनीकरणको प्रश्न बिषयक अन्तर्कृयालाई सम्बोधन गर्दै महासचिव विप्लवले पीडितलाई न्याय दिने र समस्या सम्बोधन गर्नुपर्नेमा राज्यले गैरजिम्मेवारपन देखाएको बताए ।

    अन्तर्कृयाको प्रमुख अतिथि समेत रहेका विप्लवले बेपत्ताहरुको बारेमा आयोग बनाउने र भत्काउने जुन काम भएको छ त्यसले राज्यले नै जालसाजी गरेर आन्दोलन र पीडितविरुद्ध दुर्नियत र षड्यन्त्र राखेको बताए ।

    उहाँले बेपत्ताहरुको बिषय रास्ट्रीय सवाल भएको उल्लेख गर्दै समस्या समाधानका लागि आयोग बन्नु राम्रो भएको भएपनि आयोग निर्माणको सुरुमै पीडित लगायत नागरिक समाज र मानव अधिकारकर्मीको प्रश्नको घेरा खडा भएको बताए ।

    सहमति सहितको आयोग र पीडितको प्रतिनिधि सुनिश्चित गरेर सहमति सहितको आयोग बन्नुपर्ने र उक्त कुरामा गम्भीर हुन प्रधानमन्त्री र सरकारसङ्ग आग्रह गरेको उहाँले बताए ।

    मन्तव्यको क्रममा महासचिव विप्लवले माओवादी आन्दोलनमा बिभाजन आउनुका विभिन्न कारण मध्ये बेपत्ता योद्धा सहिद तथा घाइते योद्धाको सवाल कसरी लिने भन्ने बिषय पनि भएको स्मरण गर्दै उहाँले आफूहरु निरन्तर जनता र क्रान्तिको बाटोमा अगि बढ्ने प्रतिबद्ध समेत व्यक्त गरे।

    देशको समसामयिक राजनीति र एकीकरण एवम् ध्रुवीकरणबारे संकेत गर्दै महासचिव विप्लवले प्रचण्डलाई आफ्नो तर्फबाट माओवादी आन्दोलन समग्र रूपमा रुपान्तरण गरेर एकता हुनुपर्ने धारण राखेको बताए ।

    माओवादी आन्दोलन लगायत समग्र राजनीति आन्दोलन नै अहिले भ्रष्टिकरण भएको भन्दै उहाँले सुरुमा जनता र देशका ठुलठुला मुद्दा उठाउने तर सत्ता र शक्तिमा पुगेपछि गम्भीर धोकाधडी हुने गरेको बताए।

     अब कुनै राजनीति दलको मुल्यांकन तर्क र भाषणका आधारमा होइन श्रम, पसिना , जनता र उपलब्धिका आधारमा हुनेछ र त्यो अभियानको नेतृत्व आफूहरुले गर्ने बिप्लवको भनाइ थियो।