१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिनिधिसभामा असार ६ गते प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १४३
  • काठमाडौँ, असार ४ – आउँदो असार ६ गते शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

    सङ्घीय संसद् सचिवालयले असार १४ गतेसम्मका लागि सार्वजनिक गरेको सदनको कार्यतालिकाअनुसार उक्त दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर सत्र तय गरिएको हो।

    प्रतिनिधिसभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम गरिँदै आएको परिपाटी अनुरूप यो कार्यक्रम सञ्चालन हुन लागेको हो।

    सांसदहरूले मुलुकका विविध नीति, कार्यक्रम र वर्तमान गतिविधिका सम्बन्धमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्ने अवसर पाउनेछन्।

    यो कार्यक्रममार्फत सांसदहरूले सरकारको जवाफदेहितामा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।