६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सांसद रोशन कार्कीको आरोप : हाम्रो रगतमै भ्रष्टाचार बसेको छ

उनले अझ भनिन्, “हामी यति भ्रष्ट भइसकेका छौं कि हाम्रो रगतमै भ्रष्टाचार बगिरहेको छ।



  • अञ्जना ढकाल
  • २ महिना अघि
  • पाठक संख्या १११
  • काठमाडौं, असार २२ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपालको हवाई क्षेत्रमा देखिएको समस्या भ्रष्टाचारकै उपज भएको आरोप लगाएकी छिन्।

    आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको अन्तरर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले नेपालको हवाई पूर्वाधारको अवस्था दयनीय रहेको बताउँदै भनिन्, “हामी यस्तो अवस्थामा छौँ कि उड्न नसक्ने जहाज किन्छौँ, चल्न नसक्ने विमानस्थल बनाउँछौँ। यसको मूल कारण भ्रष्टाचार नै हो।”

    उनले अझ भनिन्, “हामी यति भ्रष्ट भइसकेका छौं कि हाम्रो रगतमै भ्रष्टाचार बगिरहेको छ। सुशासन र राजनीतिक नियुक्तिमा समस्या नरहेसम्म सुधार सम्भव छैन।”

    हवाई सुरक्षालाई बलियो बनाउनु पर्नेमा जोड दिँदै सांसद कार्कीले यात्रुहरूले डर नभइ विश्वासका साथ विमान चढ्न पाउनु पर्ने बताइन्। “अब यस्तो अवस्था बनाऔँ कि जहाज चढ्दा भगवान पुकार्न नपरोस्, सुरक्षित गन्तव्यमा पुग्ने विश्वास दिलाऔँ,” उनले भनिन्।

    समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूबीच छलफल भएको थियो। सांसद कार्कीले उक्त विधेयकले अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्नुपर्ने आवश्यकता पनि औँल्याइन्।