२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जसपा नेता अशोक यादवको विभाजनकारी अभिव्यक्ति : 'मधेश नेपालबाट अलग हुनेछ'

भिडियोमा उनले स्पष्ट भनेका छन्, “म रहुँ वा नरहुँ, मधेश एकदिन नेपालबाट अलग हुनेछ।”



  • अञ्जना ढकाल
  • ५ घण्टा अघि
  • पाठक संख्या ४१
  • काठमाडौं, असार २३ - जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले फेरि एकपटक विवादमा तानिने खालको अभिव्यक्ति दिएका छन्।

    पक्राउ पूर्जी जारी भएपछि फरार रहेका यादवले भिडियो सन्देशमार्फत मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने दाबी गरेका छन्। भिडियोमा उनले स्पष्ट भनेका छन्, “म रहुँ वा नरहुँ, मधेश एकदिन नेपालबाट अलग हुनेछ।”

    “जय बिहार, जय नेपाल, जय भारत” भन्दै सुरू गरिएको भिडियो सन्देशमा यादवले आफू भारत र नेपालको ‘निष्ठाको लडाइँ’ लडिरहेको दाबी गरेका छन्। साथै, उनले बिहारका प्रहरी अधिकारीहरूलाई आग्रह गर्दै भनेका छन् कि नेपाल प्रहरीले दिएको सूचना आधारमा आफूविरुद्ध कुनै कारबाही नगरियोस्।

    बिहारबाट नेपालमा विवाह गर्ने छोरीहरूको सन्तानलाई नागरिकता नदिइएको भन्दै उनले त्यसका विरुद्ध आवाज उठाइरहेको बताएका छन्। यादवले मधेशी समुदायलाई दोस्रो दर्जाको व्यवहार गरिएको भन्दै नेपाली शासक वर्गमा नश्लीय सोच रहेको गम्भीर आरोप पनि लगाएका छन्।

    सर्लाहीका तत्कालीन एसपी योगेन्द्र खड्कालाई टेलिफोनमा धम्की दिएको अभियोग लागेपछि फरार रहेका यादवले उक्त भिडियोमा आफू मर्न डराउने मान्छे नभएकोसमेत बताएका छन्। उनले एसपी र डीएसपीहरूलाई ‘गुण्डागर्दी’ गरेको आरोप लगाउँदै आलोचना गरेका छन्।

    यादवको अभिव्यक्तिले सामाजिक तथा राजनीतिक वृत्तमा व्यापक चर्चा उत्पन्न गराएको छ। राज्यविरुद्धको यस्तो अभिव्यक्तिलाई लिएर प्रहरी प्रशासन सक्रिय बनेको छ भने उनीमाथि अनुसन्धान अघि बढाइएको छ।