२३ असार २०८२ सोमबार | 07 Jul 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रीदेखि कर्मचारीसम्म मुछिएको आरोप : राप्रपा सांसद सिंह

उनले भने, "सदन अवरुद्ध भएको ४१ दिनभन्दा बढी भइसकेको छ। यस्तो गम्भीर विषयमा सरकार जिम्मेवार बन्नुपर्ने होइन र?"



  • अञ्जना ढकाल
  • ८ घण्टा अघि
  • पाठक संख्या ४८
  • काठमाडौं, असार २३ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहका कर्मचारीसम्म संलग्न रहेको आरोप लगाउँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सिंहले छानबिन समिति गठन नभएसम्म राप्रपाले आन्दोलन जारी राख्ने चेतावनी दिए। उनले सदन बहिष्कार गर्ने पार्टीको निर्णय पुनः दोहोर्याउँदै भने, "अन्य विषयमा जस्तै भिजिट भिसा प्रकरणमा पनि छानबिन समिति गठन हुनु जरुरी छ। यदि गठन भएन भने आज पनि राप्रपाले सदन बहिष्कार गर्नेछ।"

    सांसद सिंहले सरकारले दुई तिहाइको दम्भ देखाउँदै सदन चलाउन खोजेकोप्रति आपत्ति जनाए। उनले भने, "सदन अवरुद्ध भएको ४१ दिनभन्दा बढी भइसकेको छ। यस्तो गम्भीर विषयमा सरकार जिम्मेवार बन्नुपर्ने होइन र?"

    भिजिट भिसा प्रकरणले अन्तर्राष्ट्रिय स्तरमा नेपालीको बदनाम भइरहेको भन्दै उनले संसदमा प्रश्न गरे, "संसारभर नेपालीहरूको बदनामी भइराखेको यस्तो ज्वलन्त विषयमा सरकारले किन छानबिन समिति गठन गरेन?"