२७ साउन २०८३ बुधबार | 12 Aug 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीको संसदमा सम्बोधन

आजको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणबारे विस्तृत जानकारी दिने कार्यक्रम रहेको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २६१
  • काठमाडौं, असार २३ - प्रतिनिधिसभाको बैठक आज प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनका लागि प्रारम्भ भएको छ। आजको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणबारे विस्तृत जानकारी दिने कार्यक्रम रहेको छ।

    बैठक दिउँसो २ बजेपछि सुरु भएको हो। सभामुख देवराज घिमिरेको अध्यक्षतामा बसेको बैठकमा प्रधानमन्त्री ओलीले विदेश भ्रमणका उपलब्धि, नेपाल-स्पेन सम्बन्ध र भविष्यका सम्भाव्य सहकार्यबारे संसदलाई अवगत गराउनेछन्।

    त्यससँगै, प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा संसद्मा उठेका समसामयिक राजनीतिक विषयहरूमा पनि धारणा राख्ने तयारी गरेका छन्। हालको राजनीतिक परिस्थिति, दलहरूबीचको संवाद, तथा सरकारको प्राथमिकताबारे समेत उनले आफ्नो विचार प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    प्रधानमन्त्रीको सम्बोधनलाई लिएर सांसदहरूबीच चासो बढेको छ भने संसद्को वातावरण केही समयका लागि शान्त देखिएको छ।