अमेरिका, असार २३–मध्य टेक्सासमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान लिएको छ भने ४१ भन्दा बढी मानिस अझै बेपत्ता रहेको स्थानीय अधिकारीहरूले जनाएका छन्।
केर काउन्टीका शेरिफ ल्यारी लेथाका अनुसार शनिबार दिउँसोदेखि मात्रै थप १६ जनाको शव फेला परेको छ। मृतकमध्ये ४० जना वयस्क र २८ जना बालबालिका रहेको पुष्टि गरिएको छ।
बेपत्तामध्ये समर क्याम्पमा सहभागी ११ जना बालिका र एक जना क्रिश्चियन क्याम्प सल्लाहकारसमेत रहेका छन्। उद्धार टोलीले ढलेका रूख, पल्टिएका गाडी र हिलोमा पुरिएका भग्नावशेषबाट जीवित व्यक्तिको खोजी तीव्र पारिरहेका छन्।
अधिकारहरूले सम्पूर्ण बेपत्ता व्यक्तिहरूको खोजी नटुंगिएसम्म उद्धार कार्य जारी रहने जानकारी दिएका छन्।
बाढीले व्यापक क्षति पुर्याएको बताइएको छ भने अधिकारीहरूले आम नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन्। बाढी प्रभावित क्षेत्रहरूमा उद्धार टोली तैनाथ गरिएको छ र खोज तथा राहतकार्य सघन रूपमा सञ्चालन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस