६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कञ्चनपुरमा छाउगोठमा सुतिरहेकी महिलाको सर्पले डसेर मृत्यु

छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पले डसेर ज्यान गएको छ।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ९२
  • धनगढी, असार २९ — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी एक महिलाको सर्पले डसेर ज्यान गएको छ। मृतक २८ वर्षीया कमला आउजी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार कमला आउजीलाई सुतिरहेको अवस्थामा बाँया गालामा सर्पले डसेको थियो। उनलाई गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। तर उपचारका क्रममा शनिबार साँझ ८ बजे उनको मृत्यु भएको हो।

    कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाले पनि कमला छाउगोठमै सुतेको अवस्थामा सर्पले डसेको पुष्टि गरे। उनले नगरपालिकाले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेको भए पनि केही क्षेत्रमा यो कुप्रथा अझै कायम रहेको बताए।

    यस घटनाले छाउपडीका नाममा महिलाहरू अझै जोखिमपूर्ण अवस्थामा बस्न बाध्य भइरहेको स्पष्ट देखिएको छ। कहिले बलात्कार, कहिले सर्पदंश—छाउगोठमा रहेका महिलाहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठ्ने गरेको छ।

    स्थानिय निकायको प्रयास भए पनि जनचेतनाको अभाव र पुरानै सोचले गर्दा छाउगोठ प्रथा अन्त्य गर्न सकस भइरहेको स्थानीय स्रोतहरूले बताएका छन्।