१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

७८ लाख घुसकाण्डमा मुछिएपछि मन्त्री गुप्ताको राजीनामा

अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २३४
  • काठमाडौं, असार ३१ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस प्रकरणमा आफ्नो नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन्। अडियो सार्वजनिक भएपछि चौतर्फी दबाबमा परेका गुप्ताले मंगलबार प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्।

    सामाजिक सञ्जालमार्फत गुप्ताले आफूमाथि लगाइएको आरोप असत्य भएको दाबी गरेका छन्। उनले प्रविधिको प्रयोगमार्फत आफूलाई फसाइएको उल्लेख गर्दै, "कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएँ," भनेका छन्।

    गुप्ताको नाम एक अडियो क्लिपमार्फत कर्मचारी सरुवा र नियुक्तिसम्बन्धी घुसको बार्गेनिङमा जोडिएको थियो। अडियो सार्वजनिक भएसँगै उनको राजीनाको माग चुलिएको थियो। सार्वजनिक चासो र निष्पक्ष छानबिनको आवश्यकता महसुस गर्दै आफूले स्वतन्त्र रुपमा अनुसन्धान होस् भनेर पद त्यागेको गुप्ताको भनाइ छ।

    उनले राजीनामा पछि पनि पार्टीले तोकेको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने बताए। "देश र जनताप्रति थप जिम्मेवारीका साथ पार्टीको निर्देशन पालना गर्नेछु," उनले उल्लेख गरेका छन्।

    घटना सार्वजनिक भएपछि नेपाली राजनीति पुनः एकपटक नीतिगत नैतिकता र पारदर्शिताका सवालमा केन्द्रित भएको छ। अब यस प्रकरणको निष्पक्ष छानबिन र दोषी पुष्टि भए अनुसारको कारबाहीप्रति सर्वसाधारणको नजर रहनेछ।