६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पूर्वराष्ट्रपति भण्डारी आज च्यासलमा, एमाले अध्यक्ष ओलीसँग भेटवार्ता हुने



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या ९१
  • काठमाडौं, साउन ४ -पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासल जाने कार्यक्रम तय भएको छ।

    भण्डारीले दिउँसो ३ बजे एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तयारी गरिएको उनका सचिवालयले जनाएको छ।

    च्यासलस्थित पार्टी कार्यालयमा हुने यो भेटवार्तालाई राजनीतिक रुपमा महत्वपूर्ण मानिएको छ। ओली र भण्डारीबीच समसामयिक विषयमा छलफल हुने अनुमान गरिएको छ।